लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यसहित शनिबारबाट बुद्ध जन्मस्थलमा तेस्रो समाचार महोत्सव अर्थात् लुम्बिनी न्युज फेस्टिवल सुरु हुँदैछ ।
उपत्यकानजिकैका मनमोहक हिमशृंखलाको साहसिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित ‘माउन्टेन लिडरसिप’ प्रशिक्षणका लागि २० महिला काठमाडौंबाट पाल्दोर हिमशृंखलातर्फ प्रस्थान गरेका छन् ।