ट्रम्पको पछिल्लो वक्तव्यको प्रभाव एशियाली तेल बजारमा बुधवार बिहानैबाट देखिएको छ। यसअघि इराननी अधिकारिहरूले तेल बजारलाई प्रभावित तुल्याउन कुराकानीको "भ्रामक समाचार" दिइएको बताएका थिए।
बीबीसीसँग कुरा गरेका केही नेपालीका अनुसार खाडी क्षेत्रका देशका कतिपय रोजगारदाताले बेतलबी बिदा बस्न र कतिपयले हालका लागि खान,बस्न पुग्ने न्यूनतम रकममा काम गर्न भन्न थालेका छन्।
इरानका एक वरिष्ठ अधिकारीले इरानसँग अमेरिकाले वार्ता गरिरहेको भन्ने विवरण 'तेल बजारलाई प्रभावित पार्ने उद्देश्यले फैलाइएको 'भ्रामक समाचार' भएको आरोप लगाएका छन्।
लिपुलेक आफ्नो भूभाग रहेको दाबी गरेको नेपालले उक्त मार्ग हुँदै व्यापार नगर्न भारत र चीन दुवैको ध्यानाकर्षण गराएको थियो। नयाँ सरकारले जिम्मेवारी सम्हाल्नुअघि आएको खबरलाई अधिकारीहरूले कसरी लिइरहेका छन्?
विगतका सरकारले गरेका राजनीतिक नियुक्तिको विषय राज्यका विभिन्न अङ्गको व्यापक सुधारसँग सम्बन्धित रहेको र पार्टीका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाहले पनि सार्वजनिक सेवाप्रवाह सुधार्ने विषयमा चासो देखाएको…
शारीरिक उचाइका कारण आइपरेका अनेक चुनौती पार गर्दै डाक्टर बनेका भारतको गुजरात राज्यस्थित भावनगरका गणेश बारिया हाल एक सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छन्।
इजरेलले त्यहाँ परमाणु बम विकाश गरेको कुरा यो लगभग छ दशकदेखि एउटा ‘खुला रहस्य’ रहँदै आएको छ। यद्यपि प्रत्येक सरकारले यसबारेको अन्योल र अस्पष्टता कायम राख्ने गरेका छन्।
एक पक्षले चाँडै निर्वाचन गराइ छाड्ने अनि अर्का पक्षले हुन नदिने – अखिल नेपाल फुटबल सङ्घ एन्फा कस्तो भुमरीमा परिरहेको छ अनि यसले फुटबललाई कस्तो असर पार्ला?
इजरेल र अमेरिकाको आक्रमणको प्रतिकार गर्दै इरानले वरपर रहेका अमेरिकी सैन्य अखडाहरूमा हमला गरिरहेको छ। त्यसले पुगेको क्षति अनि अमेरिकाको युद्ध खर्च कति भइरहेको होला?
शुक्रवारदेखि देशका धेरैजसो भागमा वर्षा हुनेगरी देखा परेको मौसमी प्रणालीका कारण विभिन्न मुख्य सडकहरूका विभिन्न स्थान तथा खण्डमा अवरोध देखा परेको अधिकारीहरूले बताएका छन्।
विश्वभर दशौँ हजार महिलाहरू नक्कली कपाल लगाउँछन् तर त्यस्ता नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका, होर्मोनल परिवर्तन कारक वा प्रजनन क्षमतामा असर गर्ने तत्वहरू पाइएको वैज्ञानिकहरूले बताएका छन्।
अधिकारीहरूले तत्कालै ठूलो असर नदेखिएको भए पनि इरान युद्ध लम्बिए औषधि उत्पादन र आयातमा प्रभाव देखिनसक्ने भन्दै सम्भावित असरहरूको आकलन गर्न लागिएको बताएका छन्।
नेपाली कांग्रेसको जारी बैठकमा सबैभन्दा पहिले सभापति गगन थापाको राजीनामाको विषयलाई निरूपण गरिने र क्रमश: अन्य विषयमा छलफल हुँदै जाने प्रवक्ता चालिसेले बताए।